प्रहरीको अनुरोध बमोजिम रविलाई छ दिन थुनामा राख्न अनुमती

०४ कार्त्तिक, २०८१, आइतबार
सारांश
  • जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई ६ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।

पोखरा - प्रहरीले अनुमती मागे अनुसार नै जिल्ला अदालतले सहकारी ठगी प्रकरणमा हिरासतमा रहेको रास्वपा सभापति एवम् पुर्व गृहमन्त्री रवि लामिछानेलाई छ दिनसम्म हिरासतमा राख्न अनुमती दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई ६ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।

 

जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीका अनुसार २ गतेदेखि लागू हुने गरेर ६ दिन हिरासतमा राख्ने अनुमति दिएको छ । रविको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त,  डा. नारायण घिमिरेले रविलाई हिरासतमा राख्न नपर्ने बहस गरेका थिए । सहकारी पीडितका तर्फबाट जिल्ला सरकारी वकिल कमला काफ्ले, सहन्यायाधिवक्ता तिवारी, शान्ति शर्मा, अधिवक्ताहरू युवराज पराजुली र बिबि बिष्टले बहस गरेका थिए ।

 

संसदीय छानविन विशेष समितिको प्रतिवेदनले गोरखा मिडिया नेटवर्कका सञ्चालकको पनि सहकारीको रकम दुरुपयोगमा संलग्न रहेको ठहर गरेको छ । गोरखा मिडियाका सञ्चालकमध्येका एक पूर्व डीआईजी छविलाल असोज ६ गते काठमाडौंबाट पक्राउ परेका थिए । पूर्व गृहमन्त्री रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख रुपैयाँ अपचलन भएको सहकारी छानबिन समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । सरकारले प्रतिवेदन कार्यन्वयनका लागि प्रहरीलाई निर्देशन दिएको छ ।

 

सहकारीका अध्यक्षसमेत रहेका फरार जीबि राई , रवि लामिाछाने, छविलाल जोशी र कुमार रम्तेल गोरखा मिडिया नेटवर्कका साझेदार हुन। कुमार रम्तेल सहकारीको कोषाध्यक्ष हुन् । उनलाई प्रहरीले गएको वर्ष भदौ २५ गते काठमाडौंबाट पक्राउ गरेको थियो। अहिले पुर्पक्षका लागि कास्की कारागारमा थुनामा छन् ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार